लालबाबु भन्छन्ः ‘सवारीसाधन भित्र कुहिन लागिसक्यो, बाहिर लीपस्टिक पाउडर लगाएर हुन्छरु बैशाख १ गतेबाट हरियो स्टिकर नभएका बन्द’

काठमाडौं । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डित काठमाडौंको शंखमुलमा गरिएको सरसफाई अभियानमा शनिबार बिहानै झुल्के । उनको उपस्थिति धेरैका लागि प्रेरणादायी बन्यो । उनीसंगै प्रतिनिधिसभाका सांसद प्रदीप ज्ञवाली, सांसद रामकुमार झाँक्रीलगायत उपस्थित थिए । काष्ठमाण्डप सरसफाइ अभियानका अभियान्ता केपी खनालको समेत सहभागिता थियो ।

उनीहरुले जव कुचो लिएर सडक सरसफाइमा निस्किए रमाइलो माहोल बन्यो । पण्डितले सरसफाइ अभियानमा उपस्थितलाई रमाइलो सम्बोधन गरे । मन्त्री पण्डितले आउँदौ बैशाख १ गतेबाट हरियो स्टिकर नभएका सवारीसाधन उपत्यकामा चल्न नदिने बताए ।

काठमाडौंबासीले महंगा गाडी चड्ने तर सवारीको परिक्षण नै नगरी पाँच हजारमा हरियो स्टिकर किनेर टास्ने गरेको उल्लेख गर्दै भने, ‘भित्र कुहिन लागिसक्यो बाहिर लिविस्टिक पाउडर लगाएर हुन्छ ।’ फोहोर गर्नलाई स्थानीयलाई दण्ड दिन र फोटो खिचेर पठाउने समेत सुझाए । उनले फोहोरी भएर बस्न तर सेन्ट छरेर हिँड्दैमा स्वस्थ नभइने उनको तर्क छ । उनले भने, ‘फोहोरमा बसेर सेन्ट छरेर स्वस्थ भइदैन ।’

पण्डितले महानगरपालिकाले जथाभावी फोहोर फ्याँक्नेलाई दण्ड दिन चुकेको बताए । कानुन प्रावधानको प्रयोग गर्न समेत महानगरपालिकालाई सुझाए । सर्वसाधारणले प्रयोग गरिहेको मास्क मनको शान्तिका लागि मात्रै रहेको बताए । उनले भने, ‘मैले विज्ञलाई बोलाएर सोधेँ यो मास्कले काम गर्छकी गर्दैन भनेर । उनीहरुले भने यो मनको शान्तिको लागि मात्रै हो ।’

काठमाडौं सबैभन्दा धेरै पैसावला, शिक्षित बुद्धजिवी बस्नेले नै जथभावी फोहोर फाल्ने र प्राकृतिले दिएको वरदान सदुपयोग गर्न नसकेको प्रति गुनासो पोखे । उनका अनुसार प्रदुषणबाट बच्न एन नाईन मास्कको आवश्यकता पर्छ । उनी भन्छन्, ‘काठमाडौंको प्रदुषणबाट बच्न एन नाइन मास्कको आवश्यकता छ । यसको मूल्य कम्तिमा २५ सयदेखि तीन हजारसम्म पर्छ ।’ सुर्तीजन्य पर्दाथ सेवान गर्ने युवाहरुलाई लक्ष्ति गर्दै उनी थप्छन्, ‘चट्ट एक पुरिया लियो, मुख्यमा हाल्यो, क्यान्सर मुखमा हाल्यो ।’ उनले

काष्ठमाण्डप सरसफाइ अभियानका अभियान्ता केपी खनालको समेत सहभागिता थियो । उनले वृहत सरसफाई अभियानमा सबैको साथ दिन आग्रह गरे ।
काठमाण्डौका मेयर ब्यानरमा मात्रै

वातावरणमन्त्री लालबाबु हातमा कुचो बोकेर सफाइ अभियानमा सक्रिय हुँदा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य भने त्यहाँ देखिएनन् । चुनावमा उठ्नुअघि मतदातासँग ३ महिनामै राजधानी धुलोरहित बनाउने बाचा गरेका मेयर शाक्य आज भने अभियानमा उपस्थित नै भएनन् ।

रानीपोखरी पुनर्निर्माणको क्रममा पछिल्लो समय विवादमा परेका मेयर शाक्यले आफ्नै पार्टीका वातावरणमन्त्री पण्डितको अभियानमा भने साथ दिएनन् । किन उनी त्यहाँ आएनन् भन्ने चाहीँ जनचासो बन्यो । स्थानीय मेयर शाक्यसँग आक्रोशित देखिएका थिए । त्यसो त, एमालेका प्रदीप ज्ञवाली, रामकुमारी झाँक्री लगायत नेताहरु पनि केहीबेरमै कार्यक्रमस्थलबाट बाहिरिए ।

लालबाबु भने मन्त्री बन्नासाथ राजधानीलाई माक्सरहित बनाउने भन्दै सफाइ अभियानमा लागेका छन् । मन्त्री बन्नुभन्दा अघि समेत लालबाबुले कुचो समातेर सफाइ अभियान सुरु गरेका थिए । पुस २७ गतेबाट नै उनी तिनकुनेबाट सरसफाई अभियानमा सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस्