विरामीलाई फलफुल बितरण

ताप्लेजुङ, १ जेठ  / एमाले निकट युवा सङ्घ नेपाल ताप्लेजुङले सङ्गठनको स्थापना दिवसको अवसरमा जिल्ला अस्पतालका विरामीलाई फलफुल बितरण गरेको छ ।

                                                                   फलफुल वितरणपछि सामुहिक तस्बिर खिचाउँदै ।

सङ्घको २८ औं स्थापना दिवसका दिन मङ्गलबार बिहान ताप्लेजुङले जिल्ला अस्पताल ताप्लेजुङका बिरामीलाई फलफुल बितरण गरेको हो । अस्पतालमा उपचारार्थ भर्ना भएका १४ जना बिरामीलाई फलफुल बितरण गरिएको युवा सङ्घका जिल्ला अध्यक्ष आशिष केदेमले जानकारी दिनुभयो । बिरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफुल वितरणको कार्यक्रम गरिएको केदेमले बताउनभुयो ।

जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको र कार्यक्रम युवा सङ्घका केन्द्रीय सचिवालय सदस्य दीपेन पोमू, निमित्त जिल्ला स्वास्थ्य प्रमुखल डाक्टर सचिन यादव लगायतको उपस्थितिमा सम्पन्न गरिएको सङ्घका जिल्ला सचिव एवम् फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष सरोज एभेङले जानकारी दिनुभयो ।

-ताप्लेजुङ समाचारदाता


प्रतिक्रिया दिनुहोस्