अमेरिकी बर्बर हमलामा मारिएका सिरियालीको सम्झनामा दिप प्रज्वलन ।

 

काठमाडौं  । नेतृत्वको सैनिक गठबन्धनको बर्बर हमलामा मारिएका सिरियाली नागरिकको सम्झनामा काठमाडौंमा दिपप्रज्वलन गरिएको छ । नेतृत्वको सैनिक गठबन्धनको बर्बर हमलामा मारिएका सिरियाली नागरिकको सम्झनामा काठमाडौंमा दिपप्रज्वलन गरिएको छ ।

अमेरिकी नेतृत्वको सैनिक गठबन्धनको हमलामा परेर सिरियाको गुटा क्षेत्रमा मात्र कम्तीमा ७ सय सिरियाली नागरिक मारिएका छन् ।मारिनेहरू मध्ये एक चौथाइ बालबालिकाहरू रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सिरियाली नागरिकको सम्झनामा स्वस्फूर्त रुपमा काठमाडौंको माइतीघरमा दिपप्रज्वलन गरिएको हो । कार्यक्रममा एमाले युवा नेता ठाकुर गैरे, सांसद एंव एमाले नेतृ रामकुमारी झाँक्री लगायत उपस्थीत थिए ।

सिरियामा जारी रहेको करिब सात वर्ष लामो द्वन्द्वको क्रममा यसलाई एक रक्तपातपूर्ण कारबाहीको रुपमा हेरिएको छ । पछिल्लो कारबाहीमा परी दर्जनौँ बालबालिका मारिएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । सिरियामा सन् २०११ को मार्चबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै आन्दोलन सुरु भएको थियो । सो आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको हो ।

त्यसयता तीन लाखभन्दा बढी नागरिकको ज्यान गएको छ भने लाखौँ नागरिक घाइते तथा अंगभंग भएका छन् । मारिनेमा यहाँका सुरक्षाकर्मी पनि उल्लेख्य रुपमा रहेका छन् । त्यसैगरी अरु लाखौँ लाख नागरिक विस्थतापित भएका वा शरणर्थीको रुपमा बस्न बाध्य भएका छन् । सिरियाबाट लाखौँ नागरिक घर छोडेर छिमेकी देशहरुमा शरणार्थीका रुपमा बसिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्