पार्टी एकताको खुशीलायीमा दीप प्रज्वलन

ताप्लेजुङ, जेठ ३ गते /  मुलुकका दुई ठूला वामपन्थी दल नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) एक भएर नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको खुशीयालीमा बिहीबार साँझ ताप्लेजुङमा दीपावली तथा शुभकाना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । दुई पार्टी सम्वद्ध नेता कार्यकताले फुङ्लिङ बजारको मुटु वीरेन्द्रचौकमा दीप प्रज्वलन साथै शुभकामना आदानप्रदानको कार्यक्रम सम्पन्न गरेको हो ।


कार्यक्रममा दुई पार्टीबीचको एकताले देशमा समृद्धिको सुरुवात भएको भन्दै देश विकास, स्थायित्व र जनताको पक्षमा काम गर्न शीर्ष नेतृत्वलाई आग्रह समेत जिल्लास्तरी नेताहरुले गरेका छन् । कार्यक्रमको बिगठित माओवादीका बमबहादुर भट्टराई (तारा), सागर गौतम लगायतका नेताले पार्टी एकीकरणप्रति खुशी साट्दै मन्तव्य दिनुभएको थियो भने एमालेका तर्फका घनेन्द्र मादेन, डम्बरध्वोज तुम्बाहाम्फे, सन्तोष खतिवडा, तारानाथ घिमिरे लगायतले आफ्नो भनाइ राख्नुभएको थियो । प्रयास लिम्बू


प्रतिक्रिया दिनुहोस्