बसले स्करपियोलाई ठक्कर दिदाँ दुई जना घाईते

इच्छाकामना, ४ जेठ । फिस्लिङमा सवारी दुर्घटनामा परि दुई जना घाईते भएका छन् । पृथ्वी राजमार्गा अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङमा आज विहान ८ बजे काठमाडौँबाट पोखरा तर्फ जादैँ गरेको ग २ च ८८२ नम्बरको स्करपियोलाई धनगढीबाट काठमाडौँ जादैँ गरेको ना ६ ख ७४६६ नम्बरको बसले ठक्कर दिदाँ स्करपियोमा सवार जिल्ला तनहुँ म्याग्दे गाउँपालिका २ का नवोदित अधिकारी र बारा जिल्ला निजगढ नगरपालिका ४ बस्ने बर्ष २० का सगुन अधिकारी घाईते भएको इलाका प्रही कार्यालय मुग्लिनले जनाएको छ ।
घाईतेहरुको अवस्था मध्याम रहेको र उनिहरुलाई उपचारका लागि पोखरा लगिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्