चेल्सीलाई आठौं पटक एफए कप उपाधी

लन्डन,/ म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै चेल्सीले शनिबार एफए कप जितेको छ । चेल्सीले म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै आठौं पटक एफए कप जितेको हो ।

फाइल तस्बिर

इडेन हाजार्डले २२ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक बनेको थियो । लगातार दोस्रो बर्ष फाइनल खेलेको चेल्सी हाजार्डको गोलले चेल्सीले निराश हुन परेन । गत वर्ष चेल्सी फाइनलमा आर्सनलसँग पराजित भएको थियो ।

फिल जोन्सले पेनाल्टी बक्समा फाउल हानेपछि चेल्सीले पेनाल्टी पाएको थियो । एफए कपको जितेपछि कोन्टेको चेल्सी बसाई असम्भव जस्तै देखिएको छ । प्रिमियर लिगको यो सिजन टोलीले पाँचौं स्थानमा अन्त्य गरेको थियो । एजेन्सी


प्रतिक्रिया दिनुहोस्