मन्त्री यादवलाई थप उपचारका लागि थाइल्याण्ड लगिँदै

काठमाडौँ /  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई थप उपचारका लागि थाइल्याण्ड लैजाने भएको छ । नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहेका यादवको टाउको र कम्मरमा समस्या आएर उपचार गराइरहेका छन् । उनलाई थप उपचारका लागि आइतबार आज दिउँसो १ बजे उपचारका लागि यादव थाइल्याण्ड लगिने भएको हो ।

काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका यादवलाई डाक्टरहरुको सल्लाहमा थप उपचारको लागि थाइल्याण्डको बुम्रुङमा लैजान लागिएको हो ।

मन्त्री यादवको साथमा उपचारको लागि नेपालबाट उनकी पत्नि र थाइल्याण्डमा नेपाली दुतावासका कर्मचारीले सघाउने बताइएको छ ।

टाउकाको पछाडी धेरै नै दुख्न थालेपछि मन्त्री यादवलाई नर्भिक अस्पताल भर्ना गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्