इच्छाकामनामा विषादी न्यूनिकरणका लागि अभियान

चितवन/ चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा रासायनिक विषादी प्रयोग न्यूनिकरणका लागि किसानहरुलाई तालिम दिईएको छ । विषादी प्रयोग गरे क्षणभर, अर्गानिक प्रयोग गरे जिवनभर भन्ने नाराका साथसात वटै वडाका अगुवा किसानहरुलाई आज गाउँपालिकाको कार्यालय कुरिनटारमा तालिम दिईएको हो ।
गाउँपालिकाको आयोजना तथा अर्गानिक कृषि सेन्टर मुग्लिनको व्यावस्थापनमा संचालन गरिएको तालिममा सात ओटै वडाका ५० जना भन्दा बढि किसानहरुको सहभागिता रहेको थियो । गाउँपालिकाका कृषि संयोजक तथा वडा न १ का अध्यक्ष नन्दलाल गिरिले इच्छाकामनाका किसानहरुलाई विषादी रहित अर्गानीक उत्पादनमा पहिलो बन्न आग्रह गर्नुभयो । गाउँपालिकाले अर्गानीक खेतीका लागि सहयोग गर्ने प्रतिवद्धता व्याक्त गर्नुभयो । गाउँपालिकामा आउने पर्यटहरुलाई अर्गानिक खाना पाईन्छ भनेर पहिचान बनाउनु पर्नेमा गिरिको जोड छ ।

अर्गानिक कृषि सेन्टर इच्छाकामना मुग्लिनका अध्यक्ष तथा कृषक हरि नेपालले स्वस्थ भई बाच्न पाउने अधिकार सबैको भएकाले सबै किसानहरुलाई अर्गानिक खेती तर्फ लाग्न आग्रह गर्नुभयो । नेपालले विगत दुई बर्षदेखि अर्गानिक खेती गर्दै आएको जानकारी गराउदैँ अर्गानी खेतीबाट पनि मनग्य आम्दानी गर्न सकने बताउनुभयो । क्षणिकभरमा कमाउन खोज्दा क्यान्सरको सिकार हुने भन्दै नेपालले सबै भन्दा पहिले क्यान्सरको सिकार किसान आफै हुने बताउनुभयो ।
सस्थाका उपाध्यक्ष रामप्रसाद बोहोराले पनि दुई बर्ष देखिनै अर्गानीक खेती गर्दै आएको छ । बाहोराले विस्तारै विषादीको मात्रा घटाउदैँ लानु पर्ने बताउनुभयो । विषादी न्यूनिकरणकका लागि अर्गानिक कृषि सेन्टर मुग्लिनले अभियान नै संचालन गर्ने जानकारी दिनुभयो ।
यस संस्थाले विगत दुई बर्षदेखि इच्छाकामना गाउँपालिकामा विषादी न्यूनिकरणका लागि अभियान संचालन गर्दै आएको छ ।
तालिममा ग्रीन क्लीन अर्गानिक नेपालका उपाध्यक्ष सागर लामा लगायतले विषादी प्रयोगको असर र न्यूनिकरणबारे किसानलाई प्रशिण दिएका थिए ।
साथै ५० जना किसानहरुलाई ३२ सय मुल्य बराबरको जैविक विषादी ७० प्रतिशत छुटमा वितरण गरिएको थियो । रासायनिक बिषादी न्यूनिकरणका लागि गाउँपालिकाले किसानलाई जैविक बिषादीमा ७० प्रतिश छुट दिइएको गाउँपालीकाकी प्रवक्ता शावित्रि गुरुङले बताउनुभयो ।

वडा न ४ का अध्यक्ष होम बहादुर राना को सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन ग्रिन नेपालका सचिव रामकृष्ण खड्कीले गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्