चिनीयाँ पाइलटले अनुमति नपाएपछि श्रीलंकाबाट पाइलट ल्याइने

काठमाडौं / नेपाल वायुसेवा निगमले चिनीयाँ वाई १२ ई जहाज उडानका लागि ल्याउन लागेको चिनीयाँ क्याप्टेनहरु अयोग्य भएको ठहर गर्दै नेपाल ल्याउन अनुमति नदिइने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमले ल्याउन लागेको पाइलट कमर्सियल पाइलट लाइसेन्स (सीपीएल) बाहक मात्रै रहेको भन्दै अनुमति दिन अस्विकार गरेको छ । प्राधिकरणको नियममा नेपालमा दर्ता भएका जहाज उडान गर्न पाइलटसँग एयरलाइन्स ट्रान्सपोर्ट पाइलट लाइसेन्स (एटीपीएल) अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ ।

चिनीयाँ पाइलटको योग्यता नेपालको मापदण्डअनुसार नमिलेपछि चिनीयाँ पाइलट ल्याउने रद्द गरेर श्रीलंकाबाट ल्याउने तयारी अघि बढाएका छौ,  निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले भने ।, आजको कारोबारले पहिलो पृष्ठमा समाचार छापेको छ ।


प्रतिक्रिया दिनुहोस्