विश्व विद्यालयका काठमाण्डौं उपत्यकाभित्र रहेका सम्पर्क कार्यालय खारेज

काठमाडौं / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मन्त्री स्तरिय निर्णय गर्दै ११ वटा विश्व विद्यालयका काठमाण्डौं उपत्यकाभित्र रहेका सम्पर्क कार्यालय खारेज गरेका हुन् ।

फाइल तस्बिर

सम्पर्क कार्यालयहरुको खास भूमिका र प्रभाव नरहेकोले सम्पर्क कार्यालय हटाउने निर्णय गरिएको मन्त्री गिरिराजमणि पोखरेलका निजि सचिव पुष्प ढकालले जानकारी दिएका छन् । उपत्यका बाहिर केन्द्रीय कार्यालय रहेका विश्वविद्यालयहरुले केन्द्रीय राजधानी काठमाडौं उपत्यकामा सम्पर्क कार्यालय स्थापना गरेका थिए ।

आर्थिक मितव्ययिता र कर्मचारी व्यवस्थापनमा सहज गर्नका लागि सम्पर्क कार्यालय खारेजी गरिएको मन्त्रालयले जनाएको छ । ऐनमा कुनैपनि व्यवस्था नभएकोले सम्पर्क कार्यालय तत्काल हटाउन मन्त्री पोखरेलले निर्देशन दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्