च्याम्पियन्स लिगको फाइनलमा आज लिभरपुल र रियल भिड्दै

किभ, / फुटबल इतिहासको ६३ औं यो च्याम्पियन्स लिगको फाइनल युकरेनको राजधानी किभ स्थित ओलम्पिक स्टेडियममा हुनेछ।

फाइल तस्बिर

लिभरपुलले पाँच पटक युरोपियन कपको उपाधि जितेको छ भने रियल म्याड्रिडले कीर्तिमानी १२ पटक यस प्रतियोगताको उपाधि जितेको छ। यसअघिका दुई सिजनमा च्याम्पियन्स लिगको उपाधि जितेको रियल पहिलो पटक लगातार तीन उपाधि जित्ने टोली बन्ने प्रयासमा रहनेछ। लिभरपुलले भने ११ वर्षमा पहिलो पटक फाइनल खेल्दैछ। खेल नेपाली समयानुसार रातको १२:३० मा सुरु हुनेछ।

युइएफएले फाइनलमा ६३ हजार टिकट मात्र बेच्नेछ। हरेक टिकटको मूल्य ९ हजार देखि ५६ हजार नेपाली रुपैंया बराबरको छ। युइएफएले रियल र लिभरपुल दुवैलाई १६ हजार ६ सय २६ टिकट बेच्न अनुमती दिएको छ। बाँकि स्थान भने न्युट्रल समर्थकहरुले पाउनेछन् । रियलका प्रशिक्षक जिनेदिन जिदान रियल केही दबाबमा रहेपनि नतिजा आफ्नो पक्षमा पार्ने बताउँछन्, “यो खेलको महत्वका कारण रियल केही दबाबमा हुनेछ। खेलमा दुईमध्य एक टोली निरास हुनेछ। हामी विपक्षीलाई निरास पार्नेछौं। “

लिभरपुल यो सिजन च्याम्पियन्स लिगमा राम्रो लयमा देखिन्छ। यस प्रतियोगितामा ४६ गोल गर्दै एकै सिजनमा सर्वाधिक गोल गर्ने टोलीको रुपमा लिभरपुलले कीर्तिमान बनाइसकेको छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस्