अन्तत : विवाहको २० वर्षपछि पत्नीसँग छुट्टिए बलिउड अभिनेता अर्जुन रामपाल

एजेन्सी / बलिउड अभिनेता अर्जुन रामपाल विवाहको २० वर्षपछि पत्नीसँग अलग भएका छन् ।लामो समय देखि उनी दुईको सम्बन्धमा खटपट चलेको थियो। रिर्पोटका अनुसार दुबैको सम्बन्धमा दूरी ल्याउन ऋतिक रोशनकी पूर्व पत्नी सुजैन खान जिम्मेवार रहेकी छन्। पछिल्लो समय सम्बन्धमा आएको खटपटका कारण अर्जुन रामपाल आफ्नो घरै छोडेर हिँडेको खबर बाहिरीको थियो।

भारतीय सञ्चारमाध्यमका अनुसार सम्बन्धमा आएको खटपटपछि अर्जुन र उनकी पत्नी मेहरले अलग हुने फैसला गरेका हुन्। दुबैले आफ्नो फैसला सुनाउँदै बयान दिएका छन्, २० वर्षको त्यस रमाइलो यादको मेटाउने समय हो। हामी दुबै राम्रो साथी भयौँ, जब एक अर्कालाई आवश्यक पर्दा साथमा पनि रह्यौँ। अर्जुन र मेहरले सन् १९९८ मा विवाह गरेका थिए। उनका दुई छोरी पनि छन्।


प्रतिक्रिया दिनुहोस्