जिनेदिन जिदानले रियल म्याड्रिड छोडे

म्याड्रिड, / रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले पद छोडेका छन् । तीन सिजनमा तीनै च्याम्पियन्स लिगको उपाधि जितेका रियलले लिभरपुललाई च्याम्पियन्स लिग फाइनलमा ३-१ ले हराएको थियो ।

फाइल तस्बिर

जिदानको सो निर्णयबाट रियलका प्रशंसक र फुटबल विश्लेषकहरु समेत आश्चर्यचकित परेका छन् ।
जिदानले भने – मैले निर्णय गरेको छु कि अर्को सिजन म रियलसँग रहंदिनँ । मैले क्लब अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग कुराहरु राखेको थिएँ । सबै मेरो निर्णयबाट आश्चर्य पर्नु भयो होला तर यो नै मेरो लागि सही निर्णय हो,”।

फाइल तस्बिर

रियल म्याड्रिड यस सिजन च्याम्पियन्स लिग जितेबापत ला लिगामा भने तेस्रो स्थानमा रहन पुग्यो । जिदानको निर्णयको पछाडी पनि यही कारण रहेको बुझाई छ । जिदानले प्रशिक्षकको पद छोड्ने निर्णय आफ्नै भएको पनि स्पष्ट पारे । उनले रियलका लागि १ सय ४९ खेल सम्हाल्दै १ सय ५ मा जित दर्ता गर्न सफल रहे । ३ च्याम्पियन्स लिग साथै जिदान २०१६/१७ मा लिगको उपाधि पनि जित्न सफल भएका थिए । एजेन्सी


प्रतिक्रिया दिनुहोस्