विश्वकपको तयारी चरणमा जर्मनी खेलाडी बिच झगडा

म्युनिख, / विश्वकप तयारीको अन्तिम चरणमा जर्मनीको खेलाडीबीच झगडा उत्पन्न हुने देखेपछि प्रशिक्षक मिरोस्लाभ क्लोजले खेलाडीलाई छुट्याउनु परेको छ ।

 

फाइल तस्बिर

यसका लागि प्रशिक्षक जोकिम लोले दैनिक रुपमा खेलाडीको प्रदर्शन हेरेर अन्तिम टोलीबारे निर्णय लिने तयारी गरिरहेका छन् । बुधबार जर्मनीको प्रशिक्षणमा भने केहीबेर स्थिति सुखद रहेन । डिफेन्डर एन्टोनियो रुडीगरले अर्का डिफेन्डर जोसुआ किमिचलाई डरलाग्दो फल गर्दा म्युनिखका डिफेन्डर किमिचले रिसको झोकमा उठ्दै रुडीगरमाथि उल्टो जाइलागे । दुवै खेलाडीबीच झगडा उत्पन्न हुने देखेपछि प्रशिक्षक मिरोस्लाभ क्लोजले खेलाडीलाई छुट्याउनु परेको थियो ।

 

फाइल तस्बिर

अर्को फलमा पेरिस सेन्ट जर्मेनबाट व्यवसायिक फुटबल खेलिरहेका विंगर जुलियन ड्राक्स्लरको पनि मुखमा चोट लागेको थियो । उनले केहि समय मैदानबाहिर रहेर विश्राम लिएपछि अन्त्यतिर भने प्रशिक्षणमा भाग लिए । जर्मनीले विश्वकप अघिको मैत्रीपूर्ण खेलमा अस्ट्रिया र साउदी अरेबियाको सामना गर्दैछ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्