कर्मचारी अभाव हुँदा काममा समस्या

सेवा प्रभावित

नुवाकोट (कास)– स्थानीय तहमा कर्मचारी अभाव हुँदा काममा समस्या भएको छ । तत्काल शिक्षा शाखा हेर्ने र प्राविधिक तिर ईन्जिनियर छैनन् । सूर्यगढी गाँउ पालिका कार्यकारी अधिकृत उत्तम खतिवडाले भने, ‘शिक्षा र प्राविधिक भए काम चल्थ्यो ।’ ९ दरवन्दी भए पनि कर्मचारी अभावले योजना संचालनमा समस्या आएको गाँउ पालिकाले जनाएको छ । ‘स्रोत ब्यत्ति बाहेक शिक्षा शाखा हेर्ने कर्मचारी नै आएनन्’ उनले भने । किस्पाङ गाँउ पालिका प्रमुख छत्र लामा कर्मचारी अभावले योजना अगाडि बढाउन समस्या भएको बताउछन् । कर्मचारीले मात्र गाँउ पालिका चलेको छ ‘उनले भने कर्मचारी आईदिए धेरै योजना अघि बढथे ।’


प्रतिक्रिया दिनुहोस्