नेपालको अलैंची सीधै तेस्रो मुुलुुक निर्यात हुुन नदिन भारतले खोट देखाएको व्यवसायीको आरोप

फुुङलिङ, / व्यवसायीले राष्ट्रिय अलैंचीनीति ल्याउन सरकारसँग माग गरेका छन्। नेपालको प्रमुुख निकासीजन्य नगदेबालीका रूपमा रहेको अलैंचीको निर्यात सहजताका लागि नीतिको माग गरेका हुुन्।

फाइल तस्बिर

नेपालको अलैंची सीधै तेस्रो मुुलुुक निर्यात हुुन नदिन भारतले खोट देखाएको व्यवसायीको आरोप छ। स्थानीय स्तरमा पनि अलैंचीको उत्पादनदेखि निकासी प्रक्रियासम्म धेरै समस्या अध्यक्ष भट्टराईले। ती समस्याको मस्यौदा तयार भइसकेकाले अलैंची नीति लागू गरे पनि समाधानका बाटो खुुल्छ’, भट्टराईले भने। उनका अनुुसार परम्परागत खेती प्रणाली, सिँचाइ समस्या, लगानी रकम अभाव र प्राविधिक ज्ञान नहुुनुु अलैंचीका मुुख्य समस्या हुुन्। साधारणसभाले झन्झटिलो भन्सार नीति अन्त्यका लागि पहल गर्ने, बंगलादेशसँग व्यवसाय विस्तार गर्न र यहाँबाट बंगलादेशमा निर्यात गर्दा भन्सार शून्य बनाउनसमेत पहल गर्ने निर्णय गरेको महासंघका महासचिव ओमकृष्ण बिमलीले जानकारी दिए।

नेपालको अलैंची सीधै तेस्रो मुुलुुक निर्यात हुुन नदिन भारतले खोट देखाएको व्यवसायीको आरोप छ।त्यस्तै झापाको बिर्तामोडमा रहेको महासंघको जग्गामा सुुविधासम्पन्न भवन निर्माण गरी आधुुनिक प्रविधियुुक्त सूचना केन्द्र स्थापना गरिने भएको छ। दैनिक अलैंचीको मूल्य सार्वजनिक गर्ने, अलैंची भण्डारणका लागि शीत भण्डार स्थापना गर्न पहल गर्ने, तेस्रो मुुलुुकमा निर्यातका लागि भारत सरकारसँग तेस्रो पोर्टको माग गर्ने, सरकारी तथा गैह्र सरकारी निकायसँग समन्व्य गरि कृषकलाई तालिमको प्रबन्ध मिलाउने साथै अलैंचीमा देखा परेका विभिन्न रोगको निधानका लागि पहल गर्ने समेत निर्णय भएको छ। नेपाली अलैंचीको गुुणस्तर प्रमाणित भई ट्रेडमार्कसमेत पाएको अवस्थामा निर्यातको लागि सरकारले चासो दिनुुपर्ने व्यावशायीको माग छ। किसान र व्यवसायीको एक्लो प्रयासले मात्रै अलैंचीखेतीको विकास र बजारीकरण हुुन नसक्ने ताप्लेजुुङ शाखाका अध्यक्ष बालमणी बरालले बताए।

तीन वर्षअघि एक लाख १० हजार प्रतिमन ४० किलो  पुुगेको अलैंचीको मूल्य अहिले ३० हजारमा झरेको छ। भारतले नेपाली अलैंचीमा मिसावट भएको र गुुणस्तरमा ह्रास आएको आरोप लगाएपछि मूल्य खस्केको व्यवसायीहरू बताउँछन्। पूर्वाञ्चल व्यापार प्रवद्र्धन तथा विकास केन्द्रका अनुुसार देशका ३८ जिल्लामा उत्पादन हुुने अलैंची झापा र मोरङबाट भारतको सिलिगुुढी, दिल्ली हुुँदै तेस्रो मुुलुुकसम्म निर्यात हुुने गर्दछ।

कृषि तथा सहकारी मन्त्रालयको तथ्यांकअनुुसार नेपालमा १३ हजार हेक्टरमा वार्षिक सात हजार टन अलैंची उत्पादन हुुने र यसको ९८ प्रतिशत भारत तथा तेस्रो मुुलुुकमा निर्यात हुुने गरेको छ। ग्वाटेमाला, भारत, इन्डोनेसियापछि धेरै अलैंची उत्पादन गर्ने नेपाल चौथो मुुलुुक हो। गत वर्ष अलैंचीबाट ६ अर्ब नेपाल भित्रिएको नेपाल अलैंची व्यवसायी महासंघको तथ्यांक छ।

 


प्रतिक्रिया दिनुहोस्