ल्हासा–लुम्बिनी रेल अब सपना रहेनस् प्रचण्ड

नवलपरासी, फागुन १७
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनको सरकारको मुख्य ध्यान विकास र सुशासनमा केन्द्रित रहने बताएका छन्। नवलपरासीको बर्दघाटमा ‘वेपत्ता परिवार सम्मान’ कार्यक्रममा बोल्दै विकासका लागि सुशासनको अनिवार्य भएकोमा जोड दिए।

अहिले जनताले स्थायित्व र विकास खोजेका छन’ उनले भने, “तर यसका लागि सुशासन नभई हुँदैन।”

कम्युनिष्टहरुको झण्डै दुई तिहाई आएको बेला बनेको सरकारका अगाडि देश विकासबाहेक अन्य कुनै कुरा प्राथमिकतामा नभएको बताउनुहुँदै अध्यक्ष प्रचण्डले त्यसका लागि भ्रष्टाचारीहरुलाई जेल हाल्नुपर्ने बताए।

सरकारले पूर्वाधार निर्माणमा जोड दिने वताए। व्यापार, ‌औद्योगिककरणको लागि पूर्वाधार पहिलो शर्त भएकोले त्यसमै केन्द्रित रहेको उनको भनाइ छ।

लुम्बिनीको पर्यटन विकासका लागि चीनसँग रेल सम्पर्क जोडिने र त्यसको गृहकार्य सुरु भइसकेको उनले जानकारी दिए।

‘प्रधानमन्त्री ओली र मैले पटकपटक ल्हासाबाट लुम्बिनी रेल ल्याउने कुरा चीन सरकारसँग गरेका छौ‌‌’ उनले भने,’अब त्यो सपना रहेन, त्यो रेल आउँदैछ काठमाडौं, पोखरा हुँदै लुम्बिनीसम्म रेल आउँदैछ।’

रेल सम्पर्क जोडिएपछि लाखौं चिनियाँ पर्यटक लुम्बिनी आउने उनको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस्