अर्जेन्टिनाको फुटबल टोली बार्सिलोनामा

बार्सिलोना, / विश्वकपको अन्तिम तयारीका लागि  अर्जेन्टिनाको फुटबल टोलीले ला लिगाको विजेता टोलीको मैदान प्रयोग गर्दै आएको छ ।

फाइल तस्बिर

शनिबार टोलीका स्ट्राइकर सर्जियो अगुएरोको जन्मदिन पनि मनाइएको थियो । मेस्सीले अगुएरोसँगको फोटो इन्स्टाग्राममा पोष्ट गर्दै जन्म दिनको शुभकामना दिएका छन् । जर्ज साम्पोलीको टोलीले शुक्रबार दुई सत्र अभयास गरेको थियो । आइतबार बिहान र सोमबार टोलीले पुनः दुई सत्र अभ्यास गर्ने बताइएको छ । अर्जेन्टिनाका टोलीसँग बिहिबार बार्सिलोना पुग्दा मेस्सीलाई बार्सिलोनाका समर्थकले भव्य स्वागत गरिएको थिए । रसिया विश्व कपका लागि साम्पोलीको टोली जुन ८ सम्म बार्सिलोनामै रहनेछ ।

विश्व कपको समूह डीमा रहेको अर्जेन्टिनाले आइसल्यान्ड जुन १६ मा प्रतिस्पर्धा गर्दै विश्व कपको यात्रा सुरु गर्नेछ । त्यसको पाँच दिन पछि क्रोएसियााको सामना गर्ने अर्जेन्टिनाले समूह चरणको अन्तिम खेल जुन २६ मा नाइजेरियासँग खेल्ने छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्