अत्याधिक गर्मीका कारण ट्रकमा राखिएको अण्डा बाट चल्ला निस्कन थाले यसरी

एजेन्सी / हालै मात्र चीनको सोसल मिडियामा एउटा भिडियो भाइरल भैइरहेको छ जसमा गुडिरहेको ट्रक पछाडि कार्टुनमा राखिएका अण्डाभित्रबाट चल्ला एक्काएक निस्किरहेको देखिन्छ ।

उक्त भिडियो केही सेकेन्ड मात्र लामो छ तर यसमा तपाईंले स्पष्ट रुपमा अण्डाभित्रबाट कम्तीमा पनि पाँचवटा चल्ला निस्किरहेको देख्न सक्नुहुन्छ भने केही चल्लाको खुट्टाले अण्डाको बोक्रा तोडिरहेको पनि देखिन्छ । चीनमा उक्त भिडियो कहिले र कहाँ खिचिएको भन्ने स्पष्ट जानकारी आईसकेको छैन । तर इन्कुबेशन बिना नै अण्डाबाट चल्ला बाहिर कसरी निस्कन्छ भनेर थुप्रैले प्रश्न भने पक्कै गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्