यूक्रेनी पत्रकारलाई रूसमा १२ वर्ष जेल सजायँको घोषणा

मस्को, रूस, २१ जेठ / यूक्रेनी एक पत्रकारविरुद्ध परेको रूसविरूद्ध जासुसी गरेको भन्ने मुद्दाको अन्तिम सुनुवाई गर्दै रूसी एक अदालतले सोमबार उनमाथि १२ वर्षको जेल सजायँको घोषणा गरेको छ । यूक्रेनी राज्य सञ्चालित समाचार संस्था यूक्रिनफर्ममा एक दशकभन्दा बढी काम गरेका सञ्चारकर्मी रोमन सुश्चेन्कोलाई रूसी सरकारको कडा निग्रानी क्षेत्रमा रहेको जेलमा कैदीका रूपमा राखिने छ ।

रूसविरूद्ध जासुसी गरेको आरोपमा उहाँलाई सन् २०१६ मा पक्राउ गरी छानविनका लागि थुनामा राखिँदै आइएको थियो ।
सुश्चेन्को निर्दोष रहेको र राजनीतिक उद्देश्यबाट अभिप्रेरित भएको बताउँदै रूसको निर्णयको यूक्रेनले कडा शब्दमा निन्दा गरेको छ । पत्रकारलाई लेखेकै आधारमा जेल पठाइनु नहुने कीभको दावी छ । यूक्रेनी विदेशमन्त्रालयका प्रवक्ता मारियाना बेट्साले सुश्चेन्काविरूद्ध राजनीतिक पूर्वाग्रह राखी मुद्दाको सुनुवाई भएको भन्दै गतहप्ता यसको विरोध गर्नुभएको थियो ।

तरसुश्चेन्काका गतिविधि रूसविरूद्ध जासुसी गर्नेगरी भएका ठहर गर्दै सजायँ तोकिएको छ । उनान्पचास वर्षीय पत्रकारमाथि लगाइएको आरोप एक निर्दोष पत्रकारमाथि लगाइएको दावी गर्दै मस्को शहरको अदालतका न्यायाधीश ओलेग मुजाइसेन्कोकोे निर्णय ‘न्यायसम्मत’ नभएको एएफपीसँग सुश्चेन्कोका वकीलले बताउनुभयो । उहाँले अदालतको उक्त निर्णयविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्ने पनि बताउनुभयो ।

रूसको संघीय सुरक्षा निकायले यूक्रेनी सैनिक गुप्तचर सेवाका लागि काम गर्ने सुश्चेन्काले रूसी सरकारका गतिविधिलाई गोप्य रूपमा सङ्कलन गरी यूक्रेनलाई सघाउँदै आएको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस्