चार जिल्लामा निःशुल्क ईन्टरनेट

काठमाडौँ / भुकम्पबाट अति प्रभावित ४ जिल्लामा नेपाल टेलिकमले निःशुल्क ईन्टरनेट सेवा सुरु गरेको छ ।

टेलिकमले नेपाल दरसञ्चार प्राधिकरणसँग भएको समझौताअनुसार चार जिल्लाको ६ सय ७५ स्थानमा निःशुल्क ईन्टरनेट सेवा सुरु गरेको हो । सिन्धुलीपाल्चोक, काभ्रे, नुवाकोट र रसुवाका सार्वजनिक संस्था तथा महत्वपुर्ण स्थानमा यस्तो सेवा सुरु गरिएको टेलिकमले जनाएको छ ।, आजको कान्तिपुरमा यो खबर छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्