चुम्लिङटार आसपासमा फेरी रेबिजको आंतक, गाउँपालिकाद्धारा सचेतना कार्यक्रम

ईच्छाकामना/  चुम्लिङटार र आसपासका क्षेत्रमा फेरी रेबिजको आतंक फैलिएको छ । जेठ १७ गते दुई जनालाई चुम्लिङटारमा टोकेर घाईते बनाएपछि उक्त कुकुरको ल्याब परिक्षणबाट रेबिज लागेको पुष्टी भएको हो ।

२०७३ देखि चितवनको ईच्छाकामना गाउँपालिका ३ चुम्लिङटार र आसपासका क्षेत्रमा रेबिज देखा पर्न  थालेको होे । तीन बर्ष सम्म लगातर रेबिज भेटिएपछि गाउँपालिकाले रेबिज रोग सम्बन्धि स्वास्थ्य शिक्षा तथा सचेतना कार्यक्रम आयोजना समेत गरिएको छ ।
सोमबार इच्छाकामना ३ सिद्धार्थ होटलमा रेबिज रोग सम्बन्धि स्वास्थ्य शिक्षा तथा सचेतना कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अधिकृत अनुप अधिकारीले रेबिज रोगबारे प्रशिक्षण दिनुभएको थियो ।
अधिकारीले रेबिज एक किसिमको लाईसा भाइरसबाट लाग्ने प्राणघातक रोग भएको बताउनुभयो । रेबिज लागेको कुकुर, चमेरा स्याल बाँदर वा अन्य जनावरले टोकेपछि यो रोग सर्ने उहाँले बताउनुभयो । मानिस घरपालुवा जनावर र जंगली जनावरसंग बढि घुलमिल हुनेभएकोले यो रोग कुकुरबाट ९० प्रतिशत मानिसमा सर्ने स्म्भावना भएको बताउनुभयो ।
रेबिजबाट बँच्न घरपालुवा कुकुरलाई नियमित रूपमा खोप लगाउनु पर्ने,भुस्याहा कुकुरबाट बच्ने र सम्भव भए व्यवस्थापन गर्नुपर्ने स्याल, चमेरो, बिरालो कुकुरको टोकाइपछि रेबिजविरुद्धको खोप लगाउनु पर्ने अधिकारीको भनाई छ ।


कार्यक्रममा स्वास्थ्य प्रमुख धन बहादुर खड्काले प्रभावित क्षेत्रको स्थलगत रिर्पोटीङ प्रश्तुत गर्नुभएको थियो ।
पशु सेवा शाखा इच्छाकामनाका सोभाकर वस्ताकोटी र स्वास्थ्य शाखाका धनकुमार खड्काले स्थलगत रिर्पोटीङ तयार पारेका थिए ।
यसैबीच प्रभावित क्षेत्रका बासिन्दा पशुसेवा केन्द्र शाखा, स्वास्थ्या शाखाका प्रतिनिधि लगायतको छलफलपछि तत्काल रेविज नियन्त्रणका लागि कार्यक्रम तय गरिएको छ ।
स्वास्थ्य शाखाका प्रमुख धनकुमार खड्काले भुस्याहा कुकुरलाई गाउँपालिका, पशुसेवा शाखा र स्थानियको सहयोगमा नियन्त्रणमा लिई पशुसेवा कार्यालयको सहयोगमा व्यवस्थापन गर्ने , घरपालुवा कुकुरको तथ्याङ्क संकलन गरि भ्याक्सिन लगाउने, मरेका कुखुराहरुलाई उचित व्यावस्थापन गर्न कुखुरा व्यवसयीहरुलाई पत्रचार गर्ने, चुम्लिङटार आसपासका क्षेत्रहरु डहकी फिस्लिङ तुर्लुक लगायत स्थानमा जनचेतनामुलक कार्यक्रम आयोजना गर्ने लागयतको निर्णय भएको जानकारी दिनुभयो ।
यी सबै कार्यक्रमका लागि गाउँपालिका र वडा कार्यालयलाई आर्थिक सहयोगका लागि पत्राचार गर्ने निर्णय पनि गरिएको खड्काले बताउनुभयो ।

कार्यक्रममा जनस्वास्थ्य कार्यालय चितवनका अधिकृत अनुप अधिकारी, इच्छाकामना स्वास्थ्य शाखाका धन कुमार खड्का , पशुसेवा केन्द्र इच्छाकामनाका सोभाकर वस्ताकोटी दारेचोक स्वास्थ्य चौकीका हरि देवकोटाले रेविज रोगबारे सहभागीहरुलाई रेबिज सम्बनिध स्वास्थ्य शिक्षा दिएका थिए ।

एक बर्ष अघि पनि इच्छाकामना गाउँपालिका वडा न ३ र यस आसपासका क्षेत्रमा कुकुरको टोकाईबाट गाई मरेको थियो भने आधा दर्जन जस्तो मानिस कुकुरको टोकाईबाट घाईते भएपछि ल्याव टेस्ट गराउदाँ रेविजको पुष्टी भएको थियो । रेविज पुष्टी भएपछि जिल्ला जनस्वास्थ्य कर्यालय र पशुसेवा कार्यालयले गोष्ठी संचालन गरेको थियो । उक्त रेविज लागेको कुकुरले धेरै कुकुरलाई टोकी रोग सारीसकेकोले सबै कुकुर नियन्त्रणमा नलिदाँ समस्या सामाधान नभएको स्थानियरु बताउँछन ।


प्रतिक्रिया दिनुहोस्