उत्कृष्ट विद्यार्थी र सगरमाथा आरोही सम्मानित

नुवाकोट / एशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रष्टले पछिल्लो तीन शैक्षिक सत्रमा नुवाकोट र रसुवाबाट प्रवेशिका परीक्षा (एसएलसी) र माध्यामिक शिक्षा परीक्षा (एसइइ)मा सामुदायिक विद्यालयबाट उत्कृष्ट अङ्क ल्याएका ११ जना विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।

पछिल्लो तीन शैक्षिक सत्रअन्तर्गत २०७१ सालमा एसएलसीमा नुवाकोट जिल्ला प्रथम भएका ऐसेलुभूमे माविका निराजन भट्ट, जन ज्ञान निकेतन माविका मनिषा पाठक, २०७२ को एसइइमा चण्डेश्वरी माविका निकेश नेपाल, कालिका माविका सुमन खनाल र भवानी माविका शर्मिला लामा तथा २०७३ सालमा शक्ति माविका राजन पाण्डे, ज्ञानज्योति माविका अस्मिता ओझा र पृथ्वी माविका योजना सापकोटालाई सम्मान गरेको टष्ट्रका अध्यक्ष डा केदारनरसिंह केसीले जानकारी दिनुभयो ।

उहाँको अनुसार रसुवा जिल्लाबाट शैक्षिक सत्र २०७१ सालको एसएलसीमा जिल्ला प्रथम रबिना देवकोटा, एसइईअन्र्तगत २०७२ का प्रज्ञा देवकोटा र २०७३ सालको जिल्ला प्रथम सुभाष घलेलाई रु १५ हजारसहित सम्मान गरिएको छ । रसुवाबाट उत्कृष्ट हुने तीनै जना नीलकण्ठ नमूना माविका विद्यार्थी हुन् । ट्रष्टले उत्कृष्ट विद्यार्थी उत्पादन गर्ने विद्यालयलाई पनि प्रंशसापत्र प्रदान गरी सम्मान गरेको छ ।

यस्तै ट्रष्टले यहाँको विदुर नगरपालिका–१० गेर्खुका विवेक पाण्डेले यही जेठ ३ गते सगरमाथाको सफल आरोहण गरी नुवाकोट र नेपाललाई विश्वसामु चिनाउन उल्लेख्य योगदान पु¥याएको भन्दै खादा ओढाएर सम्मान गरिएको छ ।

आफ्नो दिवंगत आमाबुबाआको स्मृतिमा स्थापना गरिएको एशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रष्टले शिक्षा र स्वास्थ्य क्षेत्रमा गर्दै आएको सेवा नुवाकोट केन्द्रित गराउँदै आएपनि क्रमशः अन्य जिल्लामा समेत विस्तार गर्दै लैजान थालिएको प्रमुख संरक्षक अर्जुन नरसिंह केसीले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्