विद्युतीय पोल प्रयोगमा नआउदा अलपत्र-ताप्लेजुङ

-पदम श्रेष्ठ

ताप्लेजुङ /  आठराई त्रिवेणी गाउँपालिका २ फुलबारीमा विगत ७ बर्ष अघि विद्युतिकरणको लागि भन्दै खरिद गरेका विद्युतको पोल विद्युतिकरण नहुँदा अलपत्र परेको छ ।

                                                              तस्विर : पदम श्रेष्ठ

सात बर्ष अगाडी गा।वि।स। बाट विद्युतका लागी भनेर छुट्याईएको ११ लाख बजेटले खरिद गरीएको सो पोल हाल सम्म प्रयोगमा नआई अलपत्र परेको हो । २०६८ सालमा स्थानिय बर्मलाल तामाङको अध्यक्षतामा गठित समितिले खरीद गरेको सो पोल फु।न।पा। ७ स्थित बहानन्दे सम्म ल्याएर अलपत्र पारेको थियो । पोल अलपत्र परेपछि फेरी टेक बहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ समिति गठन गरी फुलबारी सम्म पु्याईएको समितिका अध्यक्ष टेक बहादुर श्रेष्ठ बताउछन ।

                                            तस्विर : पदम श्रेष्ठ

तात्कालिन फुलवारी गाविसले विुद्युतीकरणको लागी भन्दै वजेट विनियोजन गरेको थियो । विुद्युत जडान गर्ने कुनै आधार विना नै सो विनीयोजित रकमको बर्मलाल तामाङको अध्यक्षतामा गठित समितिले पोल खरिद गरेपछी अहिले सम्म त्यतीकै थक्कीएको श्रेष्ठले बताएका छन । यता सोहि समयमा विद्युतीकरणको लागि नै भन्दै फुलबारी ग्रामिण सहकारी संस्था नामक संस्था गठन गरी स्थानियलाई विभिन्न वाहानामा प्रति घरदुुरी ६ सयका दरले संकलन गरेको रकम समेत कहाँ छ अत्तोपत्तो नभएको स्थानिय गुनासो गर्दछन् ।


प्रतिक्रिया दिनुहोस्