विद्युत चोरी गर्ने बीसजना पक्राउ 

राजविराज, २४ जेठ/ नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, राजविराजले विद्युत् पोलमा अंकुश लगाई विद्युत चोरी गर्ने बीसजनालाई बुधबार साँझ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको संयुक्त अनुगमन टालीले जिल्लाको विभिन्न भागबाट २० जनालाई विद्युत् चोरी गरेको आरोपमा पक्राउ गरिएको प्राधिकरण केन्द्रका प्रमुख चन्द्रनारायण साहले बताउनुभयो ।

उहाँका अनुसार पक्राउ परेकाको साथबाट पानी तान्ने तीन थान मोटर, दुई थान एलइडी टिभी र दुई थान ल्यापटपलगायतका सामान बरामद गरिएको छ । यता पक्राउ परेकाबाट विद्युत् ऐनअनुसार रु १५ हजार ५०२ को दरले राजस्व तिराइएको प्राधिकरण प्रमुख साहले भन्नुभयो ।


प्रतिक्रिया दिनुहोस्