परराष्ट्रमन्त्री शनिबार मंगोलिया जाने

काठमाडौँ, / परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भूपरिवेष्ठित विकासशील देशको अन्तर्राष्ट्रिय विज्ञको बैठकमा सहभागी हुन शनिबार मंगोलिया प्रस्थान गर्नुहुनेछ ।

फाइल तस्बिर

यही जेठ २८ र २९ गते हुने उक्त बैठकमा सहभागी हुनका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री ज्ञवाली मंगोलियाको उलानबटार जान लाग्नुभएको हो । बैठकमा वैदेशिक लगानी, सूचना प्रविधिलगातयका विभिन्न विषयमा छलफल हुने मन्त्रालयद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले उच्चस्तरीय भेटघाट गर्नुका साथै त्यहाँका समकक्षीसँग द्विपक्षीय हितका विषयमा कुराकानीसमेत गर्ने उल्लेख छ ।

उक्त भ्रमण टोलीमा मंगोलियाका लागि नेपालका गैरआवासीय राजदूतसमेत रहनुभएका लीलामणि पौड्याल पनि सहभागी हुनुहुनेछ । मन्त्री ज्ञवाली यही जेठ ३० गते स्वदेश फर्कने मन्त्रालयले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्