नेकपाको तल्ला कमिटी जम्बो बन्दै

काठमाडौं ,/  केन्द्रीय तहको संरचना एकीकृत भएसँगै नेपाल कम्युनिस्ट पार्टी नेकपाले केन्द्रीय विभाग, जनसंंगठनसहित तल्ला तहका कमिटीको एकीकरण प्रक्रियाको गृहकार्य अघि बढाएको छ ।

फाइल तस्बिर

प्रदेश, जिल्ला र जनसंगठन एकीकरणका लागि केन्द्रीयस्तरमै कार्यदल बनाएर नेकपाले एकीकरणको गृहकार्य अघि बढाएको हो ।  नेकपाको अहिलेको प्रस्तावित विधानअनुसार प्रदेश, जिल्ला, वडा हुँदै प्रारम्भिक तहसम्म एकीकरण प्रक्रिया पूरा हुन्छ ।

यसरी प्रस्तावित सबै तहमा एकीकरण प्रक्रिया पूरा हुँदा तत्कालीन एमाले र माओवादी केन्द्रका कम्तीमा तीन लाख नेता कार्यकर्ताले विभिन्न कमिटी र विभागमा नयाँ जिम्मेवारी पाउनेछन् ।आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्