विश्वकप छनोटः नेपालले पायो ‘विश्वकप छनोट’कै ठूलो लक्ष्य

२० फागुन, काठमाडौं । विश्वकप छनोटको पहिलो खेलमा जिम्बाब्वेले नेपाललाई ३८१ रनको लक्ष्य दिएको छ ।

सन् २००९ बाट सुरु भएको विश्वकप छनोटमा कुनै पनि टोलीले पाएको सबैभन्दा ठूलो लक्ष्य हो । २००९ मा यूएईले डेनमार्कविरुद्ध ३८९ रन बनाएको थियो ।

यसअघि विश्वकप छनोटका लागि हुने प्रतियोगिताको नाम आईसीसी ट्रफी भनिन्थ्यो ।

नेपालले केहीबेरमा ब्याटिङ गर्नेछ ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले ५० ओभरमा ६ विकेट गुमाएर ३८० रन बनायो । उसका लागि ब्रेन्डन डेलर र सिकन्दर राजाले शतक हाने ।

घरेलु टोलीको सुरुवात राम्रो रहृयो । पहिलो विकेटका लागि केफा झुवाओ र सोलेमान मियरले ७७ रनको साझेदारी गरे । झुवाओ ४१ रनमा आउट भए ।

हृयामल्टन मास्काजाले १७ रनमा आउट भए । तेस्रो विकेटका रुपमा मियर आउट हुँदा जिम्बाब्वेको स्कोर ११३ रन थियो । तर, चौथो नम्बरमा आएका ब्रेन्डल टेलरले क्रेज एर्विनसँग मिलेर ७७ रनको साझेदारी गरे ।

एर्विन ३४ रनमा आउट हुँदा टिमको स्कोर २०० रन दियो र १९ ओभर खेल बाँकी थियो । तर, सिकन्दर राजाले टेलरसँग आक्रकम पारी खेले । दुबैले १७२ रनको साझेदारी गरे ।

४९ औं ओभरमा सोमपालले दुबैको विकेट लिए, जतिबेला दुबैले शतक हानिसकेका थिए । सिकन्दर राजाले ८० बलमा १२३ रन बनाए भने टेलरले १०० रन बनाए ।

नेपालका लागि सोमपाल कामी र बसन्त रेग्मीले २र२ विकेट लिए भने सन्दिप लामिछाने र ललित नारायण राजवंशीले एकएक विकेट हात पारे ।


प्रतिक्रिया दिनुहोस्