मेसीको गोलमा एट्लेटिकोमाथि बार्सिलोनाको जित

 

एजेन्सी: ला लिगामा लियोनल मेसीले गरेको एक मात्र निर्णायक गोल मद्तमा बार्सिलोनाले ला लिगामा एट्लेटिको मड्रिडलाई १(० ले पराजित गरेको छ। जितपछि लिगलिडर बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिकोमाथि ८ अंकको अग्रता समेत कायम गरेको छ।

घरेलु मैदान नोउक्याम्पमा भएको खेलमा मेसीले खेलको २६औँ मिनेटमा गोल गरेका थिए। उक्त गोल नै बार्सिलोनालाई जित दिलाउन निर्णायक बन्यो। मेसीले करिब २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक गोलमा परिणत भएको थियो। मेसीले आफ्नो करियरमा गरेको त्यो ६ सयौँ गोल हो।

जितपछि बार्सिलोनाले २७ खेलबाट ६९ अंक जोडेको छ भने समान खेलबाट एट्लेटिकोको ६१ अंक छ।


प्रतिक्रिया दिनुहोस्