मनसुन भित्रीए संगै ताप्लेजुङ प्रशासनद्धारा २२ बुँदे पुर्व तयारी

-ताप्लेजुङ संबाददाता

ताप्लेजुङ, ३० जेठ / मनसुन भित्रीए संगै विभीन्न ठाउँमा बाढी पहिरो जस्ता प्राकृतीक प्रकोपको जोखिम बढेसँगै  ताप्लेजुङ जिल्ला प्रशासनले २२ बुँदे पुर्व तयारी गरेकोे  छ ।

मनसुन लागेसंगै ताप्लेजुङ जिल्ला प्रशासनले प्राकृतीक प्रकोप बाट हुन सक्ने खतरा र प्राकृतीक प्रकोप भएमा तत्काल अपनाउने पर्ने सावधानी तथा प्रकोपबाट प्रभावितहरुलाई उद्धार र राहतको लागी २२ बुँदे पुर्व योजना तयार पारेको छ । प्रशासनले विभीन्न जिम्मेवार तथा सहयोगी निकाय तोकेर नै विपद व्यावस्थापनका लागी पुर्व तयारी गरेको हो ।

पुर्व तयारीमाको बुदाँमा “ ५० घर परिवारका गैर खाद्य सामग्री लागी अग्रीम व्यावस्था गर्ने, १०० जना व्याक्तीहरुलाई कम्तीमा ३ दिन पग्ने खाद्य समाग्रीको मौज्दात रहनेगरी व्यवस्था गर्ने, बाढी पहिरोको जोखिम भएको स्थानको पहिचान गरी तथ्याङ्क संकलन गर्ने, विपद् भएको जानकारी पाउन साथ सो स्थानमा तुरुन्त उद्धारका लागी पुग्ने लगायत २२ बुद्धामा पुर्व तयारी गरीएको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जि।सीले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्