गैर सरकारी संस्था नविकरण नगरे संस्था खारेज हुने

ताप्लेजुङ संबाददाता

ताप्लेजुङ, ३० जेठ / गैर सरकारी संस्थाहरुलाइ सरकारले कडाई गरेको छ । अव एउटा गैर सरकारी संस्थाले  एउटा मात्रै काम गर्न पाउने व्यवस्था गरीएको छ । जेठ २५ गतेको गृहमन्त्रालयको मन्त्रीस्तरिय निर्णयले कडाइ गरेको हो । प्रमुख जिल्ला अधिकारी मोहन जिसीका अनुसार अव एकभन्दा बढी क्षेत्रमा काम गर्ने संस्थाको दर्ता र नविकरण नहुन गृहमन्त्रालयको मन्त्रीस्तरिय बैठकले निर्णय गरेको छ ।

उहाँका अनुसार अब सो गैर सरकारी संस्थाहरुले १५ दिन भित्रमा संस्था नविकरणगरी सक्नु पर्नेछ यदि सो समय अवधीमा नविकरण नगरीएमा सरकारले स्वतः दर्ता खारेजी प्रक्रीया अगाडी बढाउने भएको छ । यसै विच नविकरण भएका गैरसरकारी संस्थाहरुले पनी अब एक भन्दा बढी क्षेत्रमा काम गर्न नपाउने भएका छन । उक्त संस्थाहरुले अब नविकरण गर्दा एक क्षेत्रमा मात्र काम गर्ने गरी उद्येश्यमा संसोधन गरेर आएमा मात्र नविकरण गरीने भएको छ ।

अब सबै गैर सरकारी संस्थाहरुले संस्था नविकरण गर्दा सम्पुर्ण कार्य समीतीका सदस्यहरु तथा सोही संस्थामा काम गर्ने कर्मचारीहरुको सम्पती विवरणपनी अनिबार्य रुपमा बझाउनु पर्ने भएको छ । कम्तीमा चौमासिक रुपमा प्रतिबेदन नबुझाएमा संस्था नविकरण नगरीने गृहमन्त्रालयले निर्णय गरेको छ । हाल ताप्लेजुङमा प्रशासन कार्यालय ताप्लेजुङको तथ्यांक अनुसार ताप्लेजुङमा ४ सय ९६ संस्था दर्ता भएका छन् । तर १ सय १७ वटा मात्रै संस्थाले मात्र नवीकरण गरेर सञ्चालन गरीरहेका छन ।


प्रतिक्रिया दिनुहोस्