संसदीय दलको कांग्रेस नेतामा देउवा निर्वाचित

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई २५ मतान्तरले पराजित गर्दै पार्टी सभापति देउवा दलको नेता चुनिएका हुन् । अब उनी प्रमुख विपक्षी दलको नेता बन्नेछन् ।

 


फाइल तस्बिर

देउवाले ४४ मत पाए भने सिंहले १९ मत पाएका छन् । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् ।

दलको नेता चयन गर्न सोमबार विहान मतदान भएको थियो ।


प्रतिक्रिया दिनुहोस्