विश्वकप फुटवल हेरेर फर्कने क्रममा बाँढीमा परि एक युवा बेपत्ता [भिडियो सहित]

ताप्लेजुङ, १ अषाढ /  विश्वकप फुटवल हेरेर फर्कने क्रममा गएराती बाँढीमा परि एक जना युवा बेपत्ता भएको छ ।  फुङलिङ नगरपालिका–९ हाङ्देवाबाट सदरमुकाम आउने क्रममा लप्सेखोलामा मोटरसाईकल सहित तर्दै गर्दा अचानक आएको बाडीमा परि ईलाम घर भई सदरमुकाम फुङलिङको पाथिभरा मोटरसाईकल वर्कसपमा काम गर्दै आएका सनम राई बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । जिल्लाका विभिन्न ठाउँमा गए राती गएको पहिरोले क्षति पु¥याएको बताईएको छ । कहाँ कति क्षति भयो भन्ने विवरण संकलन भईरहेको बताईएको छ । कतिपय ठाउँमा सडक समेत अवरुद्ध भएको खबर आएको प्रहरीले जनाएको छ ।

तस्विर : सामाजिक संजालबाट

सनम हाङदेवा स्थित जनता मावि परिसरमा विश्वकप फुटबल खेल हेर्न बनाइएको हलबाट राती सदरमुकाम तर्फ फर्कने क्रममा रहेका थिए । उनि चढेको मोटरसाईकल झण्डै १५ मिटर तल पुरिएको अवस्थामा फेला परे पनि सनम भने वेपत्ता रहेको बताईएको छ । यस्तै मोटरसाईकलको पछाडी रहेका वर्ष १८ का खड्क विक भने हाम फालेर बाँच्न सफल भएका छन् । वेपत्ता सनमको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

 

तस्विर : सामाजिक संजालबाट

त्यसैगरी, फुङ्लिङ नगरपालिका ६ स्थित टुक्रेमा गएरातीको पानी संगै आएको भलले एक घरमा क्षती पु्याएको छ । स्थानिय धुपी पासाङ सेर्पाको घरको पछाडीको भाग र किचनमा भलले क्षती पु¥याएको हो । स्थानिय प्रकाश शेर्पाको अनुसार जिल्ला अस्पताल परिसरबाट निस्कने पानीको भल बग्ने  नालीको व्वस्थापन नहुँदा क्षती पुगेका हो । शेर्पाको घरमा २ जना रहेको र घरको माथिल्लो तलमा सुतेका कारण मानविय क्षती भने नभएको शेर्पाले जानकारी दिएका छन् ।

-पदम श्रेष्ठ

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

https://youtu.be/7mUBwLx6qi8


प्रतिक्रिया दिनुहोस्