खेलको अन्तिम मिनेटमा गोल गर्दे उरुग्वेले इजिप्टलाई हरायो

काठमाडौं, ०१ असार । खेलको अन्तिम मिनेटमा गोल गर्दे उरुग्वेले इजिप्टलाई हराएको छ । रसियामा जारी विश्वकपको समुह ‘ए’ अन्तर्गतको दोस्रो खेलमा एक मिनेट बाँकी रहदा जोसे मारिया ग्यामिनेजले हेडिङ मार्फत गोल गर्दे उरुग्वेले इजिप्टलाई १–० गोल अन्तरले हराएको हो ।

उरुग्वेका लुइस सुआरेज र इडिसन काभानी पटक–पटक गोल गर्न मौका पाए पनि चुकेका थिए । २३ औं मिनेटमा सुआरेजले ६ यार्ड नजिकै बल पाएपनि गोलपोष्ट बाहिर प्रहार गरेका थिए । दोस्रो हाफको सुरुमै एडिसन काभानीको पासमा सुआरेजले गरेको शशक्त प्रहारलाई इजिप्टका गोलकिपर इलसेनवाइले एक हातले सुन्दर बचाउ गरेका थिए।

यस्तै ७३ औं मिनेटमा सुआरेज बलअघि बढाउँदै गोलपोष्ट नजिक पुगेपनि इलसेनवाइलाई रोक्न सफल भए । ८३औं मिनेटमा भने इडिसन काभानीले सुआरेजले हेडमार्फत उपलब्ध गराएको पासमा गरेको शशक्त प्रहारलाई गोलकिपर इलसेनवाइले उत्कृष्ट बचाउ गरेका थिए ।इजिप्टले खेलमा पाएका केही अवसर सदुपयोग गर्न सकेन । सन् १९९० पछि पहिलोपटक विश्वकपमा छनोट भएको हो ।

जितसँगै समूह ए मा उरुग्वेले ३ अंक जोडेको छ । उरुग्वे दोस्रो स्थानमा छ । यसअघिको उद्घाटन खेलमा साउदी अरेबियाविरुद्ध ५–० को जित निकाल्दै रसिया शीर्ष स्थानमा रहेको छ ।  पराजित इजिप्ट तेस्रो स्थानमा छ भने साउदी चौथो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस्