ताप्लेजुङमा प्रधानमन्त्री ओलीको पुत्ला जलायो

ताप्लेजुङमा, / सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा नेपाल विद्यार्थी संघले बिहीबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जलाएको छ।

चरणबद्ध आन्दोलन गरिरहेको संघले फुङलिङमा प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुतला जलाएको छ । सरकारले पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दै देशलाई कालाबजारी र माफियाको चंगुलमा फसाएको नेविसंघको आरोप छ। सरकार दैनिक उपभोग्य वस्तुमा समेत मूल्यवृद्धि गराउने योजनामा लागेको भन्दै आफूहरु आन्दोलित भएको नेवि संघ ताप्लेजुङका सभापति डम्बर हाङगामले बताए।

 


प्रतिक्रिया दिनुहोस्