निराश हुनुपर्दैन, एक मात्र जीतले पनि पाउन सकिन्छ एकदिवसीय मान्यता !

(आईसीसी) विश्वकप क्रिकेट प्रतियोगिताको छनोटअन्तर्गत शुरुवाती खेलमा नेपालले टेस्ट मान्यताप्राप्त घरेलु टोली जिम्बाब्वेसँग हार ब्योहोरेको छ ।

३८१ रनको भीमकाय लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६४ रन जोड्यो ।

सधैं साथ दिँदै आएको बलिङले काम नगरेको दिन ब्याटिङले केही आत्मविश्वास फर्काएको छ । २ सय रन बनाउन पनि निकै ठूलो संघर्ष गर्ने गरेको टोलीले बलियो प्रतिद्वन्द्वीविरुद्ध जोडेको यो स्कोर ब्याट्सम्यानहरूको आत्मविश्वासका लागि निकै महत्त्वपूर्ण छ ।

पहिलो खेलमै हार ब्योहोरेपछि समर्थकहरूमा निराशा देखिएको छ । तर निराश भइहाल्नुपर्ने अवस्था छैन । पहिलो खेलमै हार र रनरेटमा निकै पछि परे पनि नेपालले सुपर सिंक्समा स्थान बनाउने सम्भावना अझै जीवित छ । समूह चरणमा नेपालले अब स्कटल्याण्ड, अफगानिस्तान र हङकङसँग खेल्न बाँकी छ।

बाँकी ३ मध्ये २ खेलमा जीतले नेपाललाई सुपरसिक्समा पुर्‍याउनसक्छ । नकारात्मक रनरेटमा सुधार नगर्ने हो भने ३ वटै खेल जित्नुपर्ने पनि हुनसक्छ । बाँकी ३ वटै टोली नेपालका लागि परिचित र बलिया प्रतिद्वन्द्वी हुन् ।

मुख्य लक्ष्य भेट्टाउन एक जीत नै पर्याप्त !

कप्तान पारस खड्काले भनिसकेका छन्, यस प्रतियोगितामा नेपालको मुख्य लक्ष्य एक दिवसीय मान्यता पाउनु हो ।

प्रतियोगितामा सहभागी १० मध्ये ५ टोली ९वेस्ट इण्डिज, जिम्बाब्वे, अफगानिस्तान, आयरल्याण्ड र नेदरल्याण्ड०सँग यो मान्यता छ । बाँकी ३ टोलीले ४ वर्षका लागि एकदिवसीय टोलीको मान्यता पाउने छन् । सो ३ स्थानका लागि नेपाल, स्कटल्याण्ड, हङकङ, युएई र पपुवान्युगिनी प्रतिस्पर्धी छन् ।

यदि समूह चरणमा कुनै पनि खेल नजितेर वा शीर्ष ३ मा पर्न पर्याप्त अंक नजोडेर अन्तिम २ मा रहेको अवस्थामा सातौं स्थानका लागि प्लेअफ खेल्नुपर्ने हुन्छ । सातौं स्थानका लागि हुने प्लेअफको खेल मात्रै जित्दा पनि एकदिवसीय मान्यता पक्का हुने सम्भावना छ ।

सातौं स्थानको प्लेअफमा नेपालका सम्भावित प्रतिद्वन्द्वी युएई वा पपुवान्युगिनी हुन् । त्यसो त क्रिकेट सम्भावना नै सम्भावनाको खेल भएकाले वेस्ट इण्डिज, आयरल्याण्ड वा नेदरल्याण्ड नहोलान् भन्न सकिन्न । तर यी ३ टोलीलाई प्रतिद्वन्द्वीका रूपमा पाउने अवस्थामा एकमात्र जीत एकदिवसीय मान्यताका लागि पर्याप्त नहुनसक्छ ।

यो बाटोबाट एकदिवसीय मान्यता पाउने हो भने आईसीसीका चार पूर्ण सदस्य ९वेस्ट इण्डिज, जिम्बाब्वे, अफगानिस्तान र आयरल्याण्ड० तथा लिग च्याम्पियन्सिप जितेर एकदिवसीय मान्यता पाएको नेदरल्याण्डले सुपर सिक्समा स्थान बनाउनु नेपालका लागि फाइदाजनक हुनसक्छ ।

पूर्ण सदस्य राष्ट्रहरूलाई नै पछि पार्दै ३ एसोसिएट टोलीले सुपरसिक्समा स्थान बनाउने हो भने बाँकीका लागि यो सम्भावना अन्त्य हुनेछ ।

यस्तो छ अहिलेको अंक तालिका

 

पछिल्लो २ खेलयताको ब्याटिङ लय कायम रहने र बलिङमा पुनरागमन गर्ने हो भने नेपालले बाँकी ३ खेलमा सकारात्मक नतिजा ल्याउनसक्छ ।

अफगानिस्तान र स्कटल्याण्ड नेपालभन्दा केही बलिया र हङकङ नेपालकै स्तरको टोली हो ।

एकदिवसीय मान्यता नै पाइन्न कि भनेर अहिले नै डराइहाल्नुपर्ने अवस्था छैन । नेपालले निर्धक्क भएर आफ्नो क्षमताअनुसार खेल्ने हो भने सुपरसिक्समा पुग्ने सम्भावना जीवितै छ ।


प्रतिक्रिया दिनुहोस्