अरुण तेस्रो सुरुङमा पुरिएका ४ जनाको ३८ घण्टापछि जीवित उद्धार

संखुवासभा ३ असार । अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङ निर्माण गर्ने क्रममा पुरिएका ४ जनाको जीवितै उद्धार भएको छ । शुक्रबार करिब ९ बजे तिर उनीहरू सुरुङ खन्ने क्रममा ढिसको भत्केर फसेका थिए ।

                                                 निर्माणधिन अवस्थामा रहेको अरुण तेस्रो जलविद्युत आयोजना

उनीहरूलाई अाइतवार बिहान उद्धार टोलीमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले खोज्ने क्रममा ढुङगामा प्वाल पारेर सुन्दा आवाज आएपछि डोरी छिराएर उद्धार गरिएको हो । उनीहरू शुक्रबार करिब ९ बजेबाट सुरुङमा फसेका थिए ।

सुरुङमा फस्नेहरुमा कालिकोटको सिउना–४ का ३२ वर्षीय प्रदीप शाही, जुम्लाको चन्दननाथ–४ का ४४ वर्षीय प्रेम परियार, भारतको झारखण्डका ५५ वर्षीय सुधन मुन्डा र भारतकै विहारका ४५ वर्षीय नन्क किशोर रहेका छन् । अहिले उनीहरूका उद्धारपछि घटना स्थलमै स्वाथ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्