यूएईमा नेपाली महिलाद्धारा आत्महत्या

काठमाडौं / संयुक्त अरब इमिरेट्स यूएईको रसअल खैमाहस्थित क्लिनिङ कम्पनीमा कार्यरत बनेपा काभ्रेकी कृष्णा परियारले आइतबार आत्महत्या गरेकी छन् ।

इदको छुट्टी मनाएर फर्केकी कृष्णालाई भान्सामा झुन्डिएको अवस्थामा साथीहरुले फेला पारेका थिए ।
उनी आइतबार बिहान १ बजेसम्म फोनमा गफ गरिरहेको उनीसँगै कार्यरत नेपाली महिलाले बताइन् ।

समाचारमा लेखिएको छ, उनले आत्महत्या गर्नुको कारण भने खुलेको छैन । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।


प्रतिक्रिया दिनुहोस्