जापानसंग कोलम्बिया पराजित

मोर्डोभिया, /  विश्वकप समूह एच अन्तर्गत पहिलो खेलमा जापानले कोलम्बियालाई २-१ गोल ले पराजित गरेको छ ।

खेलको ५ औं मिनेटमै कोलम्बिया १० खेलाडीमा सीमित हुन पुगेको थियो । कार्लोक्स सान्चेजले ह्यान्ड बल गरेसंगै उनले रातो कार्ड पाए भने जापानले पेनाल्टी पाएको थियो । पेनाल्टीलाई सिन्जी कागावाले परिणत गर्दै जापानलाई अग्रता दिलाए । तर खेलको ३९ औं मिनेटमा जुवान क्विन्टरोको फ्रि(किक गोलमा कोलम्बिया खेलमा फर्कियो ।

कोलम्वियाका मिडफिल्डर कार्लोस साञ्चेज रसिया विश्वकपमा रातो कार्ड खाने पहिलो खेलाडी बनेका छन् । सो कार्ड विश्वकप इतिहासमा दोस्रो छिटो रातो कार्ड पनि हो । खेलको ७२ औ मिनेटमा ओसकोले गोल गर्दै आग्रता लेएको जापानले जित्दै महत्वापूर्ण ३ अङ्का जोर्डको छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस्