न्युनतम १५ बर्षको उमेरमै फ्रान्समा यौन सम्पर्क गर्न पाउने

पेरिस, (एजेन्सि):  फ्रान्सले सहमतिमा यौन सम्पर्क गर्न पाउने न्यूनतम उमेर १५ बर्ष गर्न लागेको छ । यसको अर्थ त्यो भन्दा कम उमेरका ब्यक्तिसँग यौन सम्पर्क गर्नुलाई बलात्कार मानिने छ । लैगिक समानता सुनिश्चित गर्ने बिभागी मंन्त्रि मार्लिन सियपाले उक्त फैसलाको स्वागत गरेकी छिन् । हालै मात्र ११ बर्षकी बालिकासँग यौन सम्पर्क गरेको दुई मामिलाले बिबादको रुप लिएपछि यक्त परिवर्तन गरिएको हो । अहिले सम्मको कानुनमा हिंसा या जबरजस्ती गरेको कुनै प्रमाण नभएमा अपराधिलाई नाबालिका सँगको यौन उत्पीडन वा बलत्कार जस्ता आरोप लाग्ने ब्यबस्था छैन ।


प्रतिक्रिया दिनुहोस्