अफगानिस्तानविरुद्ध पारसको अर्धशतक, नेपालको सय रन पुरा

२६ फागुन, काठमाडौं । विश्वकप छनोट क्रिकेटमा नेपालका कप्तान पारस खड्काले अफगानिस्तानविरुद्ध अर्धशतक हानेका छन् ।

२२ औं ओभरको पहिलो बलमा चौका हान्दै उनले अर्धशतक पुरा गरेका हुन् । उनकप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर नेपालको पारी सम्हालेका उनले ५६ बलमा ५३ रन बनाए ।
उनको यो लगातार दोस्रो शतक हो।स्कटल्याण्ड विरुद्ध ६३ रन हानेका थिए ।

नेपालले २४औं ओभरमा सय रन पुरा गरेको छ । नेपालले ओपनरद्वय दिलीपनाथ र उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको छ ।


प्रतिक्रिया दिनुहोस्