नेपाललाई झड्का, कप्तान पारस ७५ रनमा आउट

२६ फागुन, काठमाडौं । विश्वकप छनोटमा नेपाल र अफगानिस्तान खेलिरहेका छन् ।
भर्खर नेपालले महत्वपूर्ण विकेट गुमाएको छ । आक्रामक पारी खेलिरहेका कप्तान पारस खड्कालाई मोहम्मद नाबीले आउट गरेका छन् । उनी ७५ रनमा आउट भए ।

नेपालको सुरुवात खराब थियो । १३ रन जोड्दा अनिलकुमार साह आउट भएका थिए ।
तर, पारसले उपकप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर दोस्रो विकेटका लागि ९८ रनको साझेदारी गरे । मल्ल आउट भएपछि दिपेन्द्र सिंह ऐरीसँग ६ रनको सझेदारी गरेका पारस २९ औं ओभरमा आउट हुन पुगे। ८२ बलको समाना गरेका पारसले १० चौका र एक छक्का हाने ।


प्रतिक्रिया दिनुहोस्