हङकङविरुद्ध नेपालको अाठौं सफलता

नेपालले हङकङविरुद्ध अाठौं सफलता हात पारेको छ। सन्दीप लामिछानेले अजिज खानलार्इ एलबिडब्लुको सिकार बनाउँदै नेपाललार्इ अाठौं सफलता दिलाएका हुन्

त्यसअघि बसन्त रेग्मीले अनवर अजमललार्इ १० रनमा अाउट पार्दै सातौ‌ सफलता दिलाएका थिए।ललितनारायण राजबंशीले नेपाललार्इ छैटौं सफलता दिलाएका थिए। उनले निजाकत खानलार्इ ४७ रनमा अाउट पारेका हुन्।

सन्दीपले १३अौ‌ अोभरको चौथो बलमा सन्दीपले हङकङका अंशुमन राथलार्इ १ रनमै विकेटकिपर अनिल साहबाट स्टपिङ गराएका थिए। यस्तै, १५ अोभरको तेस्रोबलमा उनले साहित वासिफलार्इ एलबिडब्लुको धरापमा पार्दै नेपाललार्इ चौथो सफलता दिलाएका हुन्।

त्यसअघि सोमपाल कामीले नेपाललार्इ दोस्रो सफलता दिलाएका थिए। उनले हङकङका कप्तान बाबर हायातलार्इ कट एण्ड बोल्ड पारेका छन्।बाबर २० रनमा अाउट भएका थिए।

बसन्त रेग्मीले नेपाललार्इ पहिलो विकेट दिलाएका थिए। उनले ९ रनमा खेलिरहेका क्रिस्टोफर कार्टरलार्इ बोल्ड पारेका हुन्। खेलमा हङकङले टस जितेर ब्याटिङ रोज्ने निर्णय गरेको थियो।

लगातार सुरुवाती तीन खेल हारेको नेपालको दोस्रो चरण(सुपरसिक्स)मा पुग्ने सम्भावना हङकङलार्इ फराकिलो अन्तरले पराजित गर्दै अफगानिस्तानलार्इ रनरेटले पछि पारेमात्रै रहन्छ। यता, हङकङलार्इ दोस्रो चरणमा प्रवेश गर्न भने नेपाललार्इ पराजित गरेमात्रै पुग्छ।

विश्वकप छनोटमा नेपालको लक्ष्य एकदिवसीय मान्यता प्राप्त गर्नु हो। जसका लागि अब नेपालसँग यी तीन विकल्प बाँकी छन्।
१. यदि नेपालले फराकिलो अन्तरका साथ हङकङलार्इ पराजित गर्यो र रनरेटमा अफगानिस्तानलार्इ पनि पछि पार्यो भने सुपरसिक्समा पुग्दै एकदिवसीय मान्यता पाउनेछ।
२. यदि नेपालले हङकङलार्इ पराजित गर्यो तर रनरेट अफगानिस्तानको राम्रो भयो भने अफगानिस्तान सुपरसिक्समा पुग्नेछ। यस्तोमा एकदिवसीय मान्यता पाउँने अन्तिम टोलीको टुंग्गो प्ले अफबाट लाग्नेछ। सातौं स्थानको प्लेअफको नतिजा नेपालले अाफ्नो पक्षमा पार्न सक्यो भने एकदिवसीय मान्यता पाउनेछ।
३. समूए ए मा सोमबार नै हुने खेलमा नेदरल्याण्डले वेस्ट-इण्डिज र अायरल्याण्डले यूएर्इ फराकिलो अन्तरले पराजि गरेमा नेपाल हङकङसँग हार्दा पनि प्ले अफमा यूएर्इ र पपुवा न्यूगिनी भन्दा माथि रह्यो भने एकदिवसीय मान्यता पाउनेछ।
यी तिनवटै विकल्पहरु विश्वकप छनोटमा अाजको खेलपछि निर्धारण हुनेछन्। यदि कुनैपनि विकल्प नेपालको पक्षमा अाएन भने नेपाल डिभिजन दुर्इमा झर्दै पुन: चार वर्ष विश्व क्रिकेट लिग डिभिजन क्रिकेटमै रुमल्लिने छ।

प्रतिक्रिया दिनुहोस्