पुटिनलाई भेट्न राष्ट्रिपति मुन मस्कोमा

मस्को । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन रूसको राजधानी मस्को आइपुगेका छन् । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न मुन बिहीबार मस्को आएका उच्च अधिकारीहरुले जानकारी दिएका छन् । दुई समकक्षीबीच आर्थिक सहकार्य र उत्तर कोरियाबार कुराकानी हुने अपेक्षा गरिएको छ ।

 

मुनले पुटिनलाई शुक्रबार भेट्ने कार्यक्रम तय भएको छ । त्यस क्रममा उनीहरूले केही संयुक्त सम्झौतापत्रहरूमा हस्ताक्षर गर्ने तयारी गरिएको अधिकारीहरूले बताएका छन् । तीन दिने भ्रमणका क्रममा राष्ट्रपति मुनले आउँदो शनिबार विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत मेक्सीको विरुद्ध दक्षिण कोरियाले खेल्ने खेलको पनि अवलोकन गर्ने अपेक्षा गरिएको छ । सो खेल रूसको रोस्टोभ अन डनमा हुने तय भएको छ ।

रूसका राष्ट्रपति पुटिनले गत हप्ता उत्तर कोरियाका नेता किम जोङ उनलाई रूसमा स्वागत गर्न पाए खुशी हुने बताएको केही दिनपछि दक्षिण कोरियाका राष्ट्रपति रूस पुगेका हुन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस्