अन्तत रबि लामिछानेको विवाद टुंगियो, अमेरिकन नागरिकता त्यागेसँगै नेपाली नागरिकता लिने बाटो खुल्यो [पूर्ण प्रमाण सहित]

अरुण पोष्ट समाचारदाता

काठमाडौँ, ८ अषाढ  / चर्चित पत्रकार रबि लामिछानेको बारे उनको अमेरिकन नागरिकता र उनको कार्यशैलीको बिषयलाई लिएर केहि दिन देखि विभिन्न टिक्का टिप्पणी चलिरहेको छ।
लामिछानेले अमेरिकन नागरिकता त्यागेको र यहि देशमा काम गर्ने र यहि देशमा आफ्नो अन्तिम जीवन बिताउने बताएका थिए । अन्तत लामिछानेले अमेरिकी पासपोर्ट त्यागेका छन् । अब रविले नेपाली नागरिकता पाउने बाटो खुलेको छ। ४ बर्ष पहिले लामिछाने पर्यटक भिषामा नेपाल आएका थिए । र, राष्ट्रिय टेलिभिजन न्युज २४ मा ‘सिधा कुरा जनतासंग’ लोकप्रिय कार्यक्रम चलाउदै आएका छन् ।

रवि लामिछानेले आफ्नो अमेरिकी नागरिकता र राष्ट्रिया परित्यागगरेको निवेदन अध्यागमन विभागमा बुझाएसंगै उनी पुन नेपाली नागरिक हुन् योग्य भएका हुन्।

अब रविले नागरिकता सम्बन्धि ऐन २०६३ को दफा ११ मा ‘पुनः नेपाली नागरिकता कायम हुने’ शीर्षकमा भनिएको छ, ‘कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुनेछ’, भन्ने व्यवस्था आनुसार पुन नेपाली नागरिक हुन पाउने भएका छन्। एनमै व्यवस्था भए बमोजिम अब रविले नागरिकता लिईराख्नु भने पर्दैन। किनकी उनले विदेशी नागरिकता त्यागेसंगै उनी स्वतः नेपाली नागरिक बनेका छन्।

उनले बुधबार अर्थात् हिजो नेपालस्थित अमेरिकी दुतावासमा गएर अमेरिकी नागरिकता र पासपोर्ट परित्याग गर्नका लागि निवेदन दिएका थिए। योसँगै लामिछाने विरुद्ध प्रेस काउन्सिलमा परेको उजुरी पनि खारेज भएको छ। प्रेस काउन्सिलले नेपालले रवि लामिछानेविरुद्ध परेको उजुरी र उक्त उजुरीउपर भएको कारवाहीको विवरणसहित यस विषयमा बिहिबार सार्वजनिक महत्वको प्रेस विज्ञप्तिमा जारी समेत गरेको छ।

प्रेस काउन्सिलको बिज्ञप्ति:

रवि लामिछानेले अमेरिकन नागरिकता र पासपोर्ट त्यागेको प्रमाण :

विहीबार प्रेस काउन्सिलबाट जारी सार्वजनिक महत्वको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपालमै रही सञ्चारसम्वद्ध पेशा व्यवसायमा संलग्न हुने उहाँको व्यक्तिगत रुचीको कदर गर्दै प्रेस काउन्सिल नेपाल उहाँलाई सार्वभौम राष्ट्रको प्रचलित नियम, कानुन, विधि, प्रक्रियाको पूर्ण परिपालना गर्न, पेशागत मर्यादामा ध्यान दिन तथा आफ्ना लेखाई वा प्रस्तुतिहरुमा शिष्टता, जिम्मेवारीवोध र पेशागत शुद्धताको ख्याल गर्दै विद्युतीय कारोबार ऐनलगायत तत्सम्बन्धी प्रचलित अन्य कानुनहरुको समेत उल्लंघन नहुने कुरामा ध्यान पुर्‍याउन निर्देशित गर्दछ ।’

काउन्सिलले तथ्यसहितको तर्कविना कुनै पनि खालका सतही टीका–टिप्पणी नगर्न/नगराउन समेत आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्