सवारी दुर्घटनामा परि चितवनमा  ११ महिनामा एक सय ३१ जनाको मृत्यु 

चितवन/  चितवनमा गएको जेठ महिनामा २५ ओटा सवारी साधनको दुर्घटनाबाट १३ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आर्थिक वर्ष ०७४र७५ को जेठ मसान्त सम्ममा एक सय ३१ जनाको सवारी दुर्घटनाबाट मृत्यु भएको छ । आर्थिक वर्ष ०७३र७४ को जेठ मसान्त सम्ममा एक सय ५१ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमले बताए ।

त्यस्तै चालुृ आर्थिक वर्ष ०७४र०७५ को जेठ महिनामा मात्रै मादक पदार्थ सेवन गरि सवारी साधन चलाउने ६८ जना चालक कार्वाहीमा परेका छन् । ट्राफिक नियम पालना नगर्ने पाँच हजार चार सय सवारी चालकलाई कारबाहि गरि ४० लाख ३६ हजार रुपैयाँ जरिवाना गराईएको गौतमले बताए । गत आवको जेठ मसान्त सम्ममा मादक पदार्थ सेवन गरेर सवारी चलाउने र ट्राफिक नियम मिचेर सवारी चलाउनेहरुबाट जिल्ला ट्राफिकले २ करोड ९६ लाख ८७ हजार रुपैंया जरिवाना असुल गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्