स्वीडेनसँग पराजितभए जर्मनी समूह चरणबाटै बाहिरिने

सोची, / फिफा विश्वकपमा डिफेन्डिङ च्याम्पियन जर्मनी पहिलो खेलमा मेक्सिकोसँग १–० ले पराजित भयो ।

जर्मनीले समूह चरणमा एक खेलमा जित हात पारेको स्वीडेनसँग खेल्दैछ । खेल नेपाली समयअनुसार सोचीस्थित फिस्ट स्टेडियममा राति ११ः४५ बजे हुनेछ । जर्मनीलाई नकआउट चरण प्रवेशको सम्भावना जीवित राख्न खेलमा निश्चित जित आवश्यक छ । स्वीडेनसँग पराजित भएमा जर्मनी समूह चरणबाटै बाहिरिनेछ । बराबरीले पनि जर्मनीको अघिल्लो चरणको यात्रा झिनो हुनेछ ।


समूहमा मेक्सिको र स्वीडेन ३ अंकसहित शीर्ष दुई स्थानमा छन् । अंक नजोडेको जर्मनी र दक्षिण कोरिया तेस्रो र चौथो स्थानमा रहेका छन् ।एजेन्सी


प्रतिक्रिया दिनुहोस्