आफ्नो देशको प्रत्येक गोलमा लुगा फुकाल्ने पेरुकी मोडल निशुको घोषणा

एजेन्सी / विश्वकप हेर्न रुस पुगेका फ्यानहरुको भिडमा एक सुन्दरीले धेरैको ध्यानाकृष्ट गरेकी छन् । उनी हुन्, पेरुकी लोकप्रिय मोडल निशु कौशी जसलाई ‘पेरु टिमकी गर्लफ्रेन्ड’ भन्ने गरिन्छ ।कौशीले आफ्नो टिमको प्रत्येक गोलमा लुगा फुकाल्ने घोषणा गरेर चर्चामा आएकी छन् । उनले अहिले मात्र यो शैली अपनाएकी होइनन् ।

तीन वर्षअघि कोपा अमेरिकामा पेरुले तेस्रो स्थानका लागि खेल्दा नै कौशी सुपर फ्यानका रुपमा चिनिएकी थिइन् ।प्रत्येक गोलसँगै उनी आफ्नो ब्रा फुकाल्ने गर्थिन् ।यद्यपि रुस विश्वकपमा उनले यस्तो सेलिब्रेसनको मौका पाएकी छैनन् । उनको टिम पहिलो खेलमा डेनमार्कसँग पराजित भयो । तर, फ्रान्स र अष्ट्रेलियासँग खेल्न बाँकी छ र आफ्नो टिमले गोल गर्नेमा उनी आशावादी छिन् ।यसअघि पेरु विश्वकपमा छनोट हुँदा उनले नग्न भएर सेलिब्रेसन गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्