चितवन पुगेर सभामुख महराले भने – संघियता कार्यान्वयन हुन बाँकी छ

राजेन्द्र आचार्य

चितवन, १० असार । सभामुख कृष्णबहादुर महराले संघियताको बारेमा अभ्यास्त हुन अझै केहि समय लाग्ने बताएका छन् ।

“संघीयता कार्यान्वयन हुने कानुन बन्न बाकीँ रहेको बताउँदैँ उनले भने आगामी असोज सम्म कानुन बन्छ, अनि विस्तारै संघियता बारेमा बुझ्ने छन् । ”
। चितवनको भरतपुर महानगरपालिकाको दोस्रो नगरसभालाई आज उद्घाटन गर्दै उनले केन्द्रमा रहेको अधिकार स्थानिय तहमा नआएसम्म संघियता कार्यान्वयन नहुने समेत बताए ।

कानुन बनिनसकेकाले संघ, प्रदेश र स्थानित तहका अधिकारहरु निक्र्योल हुन नसकेको भन्दै सभामुख महराले आगामी आसोजमा कानुन बनेपछि मात्रै संघियताले मुर्त रुप लिने औंल्याए ।

संघियता भनेको जातीय क्षेत्रिय स्वयत्तता मात्रै नभएको भन्दै महराले केन्द्रमा रहेको अधिकार र श्रोत साधनलाई तलसम्म ल्याउनु पर्नेमा जोड दिए । विगतमा यसैका लागि आन्दोलन भएको समेत उनले बताए ।

“अधिकारका विषयमा कानुन र नियमावलीहरु नबनिसकेकाले अझै केही समय अन्यौलमा रहेको छ,’ सभामुख महराले भने । यो बनेपछि सबै हल हुनेछ ।”

विगतको २० वर्षको समयममा ठुलो उपलब्धी गर्न नसकिएको उल्लेख गर्दै उनले अघिल्लो वर्ष भएको निर्वाचन संधिवानको पहिलो कार्यान्वयन पहिलो जग भएको जिकिर गरे ।


प्रतिक्रिया दिनुहोस्