विश्व कपमा आज ४ खेल, स्पेन र पोर्चुगल दबाबमा

मस्को, /  विश्व कपमा समूह चरणका अन्तिम खेलहरु आजबाट सुरु हुँदैछन् ।  समूह ‘ए’ र ‘बी’का समान २ खेल छन् । समूह ‘ए’मा यसअघि नै प्रिक्वार्टरफाइनलमा स्थान बनाइसकेका रसिया र उरुग्वेबीच प्रतिस्पर्धा हुनेछ ।

२ खेलमा  दुवै टोलीको समान ६ अंक छ । गोलअन्तरमा भने रसिया निकै माथि रहेको छ । दुवै खेल गुमाइसकेका इजिप्ट र साउदी अरेबियाले प्रतिष्ठाका लागि एकअर्काको सामना गर्नेछन् । समूह एका दुवै खेल नेपाली समय अनुसार राती ८ः ४५ बजे सुरु हुनेछन् । अर्कोतर्फ समूह बीमा  प्रतिस्पर्धा रहेको छ । शीर्षस्थानमा रहेको स्पेन र पोर्चुगलको समान ४ अंक छ भने इरानको ३ अंक छ । प्रतियोगिताबाट बाहिरिसकेको मोरोक्को अंक विहिन छ । यस्तमा अन्तिम खेलमा पोर्चुगलले इरानको सामना गर्नेछ । अर्को खेलमा स्पेन र मोरोक्कोबीच प्रतिस्पर्धा गर्नेछ । स्पेन र पोर्चुगलले अलग अलग खेलमा बराबरी गरे भने अन्तिम १६ मा स्थान बनाउनेछ ।

इरानलाई अघि बढ्नका लागि पोर्चुगललाई बराबरीमा रोक्ने सके पनि सम्भावना रहन्छ तर त्यसका लागि मोरोक्कोले स्पेनलाई हराउनुपर्दछ । स्पेनले मोरोक्कोलाई र इरानसँग आफु हारेको खण्डमा भने पोर्चुगल बाहिरिन सक्छ । समूह बीका दुवै खेल नेपाली समय अनुसार राती ११ः४५ बजे सुरु हुनेछ ।

 

विश्व कपमा आजका खेल

११ असार, २०७५

बेलुका ७ः४५ – उरुग्वेविरुद्ध रुस, पहिलो समूह
बेलुका ७ः४५ – साउदी अरेबियाविरुद्ध जापान, पहिलो समूह
राति ११ः४५ – स्पेनविरुद्ध मोरक्को, दोस्रो समूह
राति ११ः४५ – इरानविरुद्ध पोर्चुगल, दोस्रो समूह


प्रतिक्रिया दिनुहोस्